Section 16
प्रसारकको काम, कर्तव्य र अधिकार

प्रसारकको काम, कर्तव्य र अधिकार देहाय बमोजिमको हुनेछः–
(क) आफू समक्ष प्राप्त हुन आएका सूचना, समाचार, लेख वा कार्यक्रमहरूको सत्यता बारे आवश्यक छानबीन गरी निर्धारित समयमा प्रसारण गर्ने, गराउने,
(ख) राजनैतिक रूपमा निष्पक्ष भै समाचारको सम्पादन तथा प्रसारण गर्ने गराउने,
(ग) सार्वजनिक सुरक्षा, नैतिक र सामाजिक मर्यादामा आँच आउने किसिमका कार्यक्रमहरू प्रसारण नगर्ने तथा गर्न नलगाउने,
(ग१) कसैको चरित्र हत्या वा अपमान हुने वा लैङ्गिक हिंसा वा विभेदलाई बढवा दिन प्रकृतिका सामग्री प्रसारण नगर्ने वा गर्न नलगाउने,
(घ) लापरवाही वा हेलचक्र्याईंपूर्वक कुनै पनि कुराको प्रसारण गर्न वा गराउन नहुने,
(ङ) कुनै विवादास्पद विषयमा प्रसारण गर्नु परेमा पनि सम्भव भएसम्म सबै दृष्टिकोणबाट विश्लेषण गरी वस्तुस्थितिलाई नबंग्याई प्रसारण गर्नु पर्ने,
(च) गलत तथा भ्रामक समाचारको संकलन तथा प्रसारण गर्न नहुने,
(छ) प्रसारण संस्थाले तोकिदिए बमोजिम अन्य कार्य गर्ने ।